वातावरण सम्बन्धी सुसेलीहरू : सुशील आचार्य ( कविता )
कपन अनलाइन
काठमाडौं ,जेष्ठ १७।
वातावरण
राम्रो राख्नको लागि
केही गर न
वन जङ्गल
जोगाएमा साथी हो
सधै मङ्गल
सरसफाई
गर्ने गर है साथी
अल्छि भगाई
घरघरमा
सधैँ सफाई होस
आफ्नै भरमा
चिन्ता नलिउ
सधँै सफा नै राख
लौ आफ्नो जिउ
जोगाए रूख
पक्कै पनि हुँदैन
ल है त दुःख
कुचो लगाई
आहा घर आँगन
गरे सफाई
सबैको जय
सफा बसे रोगको
छैन है भय
सहकार्य ; कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
