मुक्तक : विश्व अधिकारी
कपन अनलाइन
काठमाडौं ,जेष्ठ १७।
सधै सङ्गै हुने कसम खाएर राखौला
मनको दरबारमा रानी बनाएर राखौला
यो दुखीको जीवनमा आउछौ भने तिमी
चट्ट दिलको कुनामा सजाएर राखौला ।
डुब्दै डुब्दै सधै पिरमा श्रद्धाञ्जली लेखेर
बसुन दैब पनि तक्दिरमा श्रद्धाञ्जली लेखेर
सधै भ्रष्टाचारमा मात्र डुबि रहने यी नेताहरूको
पुजा गर्न मन छ तस्विरमा श्रद्धाञ्जली लेखेर ।
सहकार्य ; कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
