तेश्रो वडा अध्यक्ष कप अन्तरविद्यालय फुटबल प्रतियोगितामा विनायकको विजयी सुरुआत
कपन अनलाइन
काठमाडौं ,जेष्ठ १५।
विनायकले तेश्रो वडा अध्यक्ष कप अन्तरविद्यालय फुटबल प्रतियोगितामा बिहीबार विजयी सुरुआत गरेको छ । विनायकले किन्सलाई २–० गोलले पराजित गरे ।
अन्य खेलमा पशुपति ‘ए’ ले हेरिटेजलाई ५–१, नोब्सले हेरिटेजलाई २–०, मनासलुले विनायक सिद्धलाई ३–०, हिलारीले प्रेरणालाई ६–०, नेपाल विद्या सदनले लुम्बिनीलाई १–० र बाल व्यवसायीले जगत मन्दिरलाई १–० ले हराए ।
प्रतियोगिताको आयोजक काठमाडौं महानगरपालिका वडा ७ का अध्यक्ष विमलकुमार होडाले एक कार्यक्रमबीच उद्घाटन गरे । चावहिल स्पोर्ट्स क्लबको प्राविधिक सहयोगमा भइरहेको प्रतियोगिताको विजेताले ३० हजार र उपविजेताले १५ हजार नगद पुरस्कार पाउने छन् ।
त्यस्तै सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट डिफेन्डरलाई जनही २ हजार ५ सय नगदबाट पुरस्कृत गरिने छ ।
तपाइँको प्रतिक्रिया ।
