प्रकृतिको लिला : तोयनाथ तिवारी (कविता )

प्रकृतिको लिला : तोयनाथ तिवारी (कविता )

कपन अनलाइन

काठमाडौं ,जेष्ठ १०।

सबै बोट बिरूवामा
कोपिला पलायो
बारिका डिलमा
घासपात र बुट्यान पलायो
करेसाबारिमा
हरिया साग पात तरकारी पलायो
फुलका बोटमा
सप्तरङ्गी फुलका कोपिला पलायो
प्राकृतिक सौन्दर्यले
मन प्रफुल्लित बनायो
प्राकृतिक संरचनाले
बाल्यकाललागि इङ्गित गरायो
कोपिला हुंदाको अवस्था
सबै लौ जोगायो
फुल्ने र फक्रन थालेपछि
दुनियालाई आनन्दित र मोहित बनायो
अनि
बिस्तार बिस्तार
ओइलाउंदै र कमजोर हुंदै
यो प्रकृतिमा बिलिन भएर अस्तायो ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।