भुस्याहा कुकुर : डा. विश्वदीप अधिकारी (कविता )

भुस्याहा कुकुर : डा. विश्वदीप अधिकारी (कविता )

कपन अनलाइन

काठमाडौं ,जेष्ठ १०।

हो भुस्याहा कुकुरहरू
डरलाग्दा हुन्छन्
बगरेले दिएको हड्डिमा
पालिएका ती
मालिकका बफादार हुन्छन्
उसले पगार भन्दा झम्टन्छन् ती
वरपरका सबैलाई
यसैले भो
बाटो छेकेर बसेका तिनलाई
रम्न दिउँ खोजेको गन्तव्यमा
त्यसोगर्दा पक्कै
अबेर हुनेछ
आर्तहरूको घाउमा
मलम लगाउन
पाल्तुहरू त पराइ हुने मौसममा
भुस्याहा कसरी आफन्त
हुन सक्लान् र ?
खातेहरू मात्र सक्छन्
भुस्याहालाई तह लाउन
कौरव राजमा
पाण्डवहरू वनवास मात्र होइन
गुप्तवास पनि जानुपर्छ
भुस्याहा कुकुरहरू
दच्काउने, भुक्ने, झम्टने
अवसर लिएर आएका छन्
त्यसैगर्न दिउँ
कति झम्टन सक्छन् झम्टुन
कति भुक्न सक्छन् भुकुन
कति लखेट्न सक्छन लखेटुन
आखिर जित त
धर्मकै हुने हो
हो भुस्याहा ककुरहरू
डरलाग्दा हुन्छन्
भित्रभित्रै कुहिएका बडेमानका
फसिैजस्तै ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।