तीन मुक्तक : रोसन फुयाल
कपन अनलाइन
काठमाडौं ,जेष्ठ १०।
समय भएपछि अवश्य फल फल्ने गर्छ हजुर
काम गर्दा गर्दा गरेको शरीर गल्ने गर्छ हजुर
सकारात्मक सोच बोकेर अघि बढौ हामी
समय आएपछि रातमा पनि बत्ति बल्ने गर्छ हजुर
दिनरात नभनि कलम चलाउन मन लाग्छ
सुकिलो माटोलाई पनि गलाउन मन लाग्छ
लेख्दै जादा कता कता शब्द भुलिन् खोजेपनि
त्यो रुखमा फलेको फल झै फलाउन मन लाग्छ
केलाई साँच्छौ त्यो जवानी फूलझैँ एकदिन झरेर जान्छ,
किन गर्नु लोभलालच भयो भयो शरीर एकदिन मरेर जान्छ,
पीर, व्यथा मानिसका जन्मजात समस्या भए तापनि,
दुःख सुःखसँग लड्ने मान्छे सधैका लागि बसाई सरेर जान्छ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
