गीत : प्रीति कौर
कपन अनलाइन
काठमाडौं ,जेष्ठ १०।
मन परेको मान्छे तिमी, कता लुकाइ राखुँ
आँखामा सजाउँ या दिलमा बसाई राखुँ
मन परेको मान्छे तिमी, कता लुकाइ राखुँ ।
भाग्यले के लेखेको छ कस्ले देख्या छ र
काडा नभएको गुलाफ कस्ले भेट्या छ र
तिम्रा गोरेटोहरूमा सधैँभरी चियाइ राखुँ
आँखामा सजाउँ या दिलमा बसाई राखुँ ।
चाहाना छ यो जिन्दगी तिमीसंगै बिताउने
सिन्दूर, पोते लगाइ मनको रानी बनाउने
कल्पनामा आफैलाई कति डुलाई राखुँ
आँखामा सजाउँ या दिलमा बसाई राखुँ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
