समय–सन्दर्भ : रासा ( लघुकथा)

समय–सन्दर्भ : रासा ( लघुकथा)
कपन अनलाइन
काठमाण्डौ ,चैत ९।
हरियो चौर । वरिपरिका रुखहरू स्थिर छन् । एक हूल बाँदरहरू खेलिरहेका छन् । मानिसहरू कहाँ छन्, थाहा छैन । सायद बेपत्ता छन् ।
चौरको माटो मुनिबाट छिचिमिराहरू निस्किरहेका छन्÷कोही उडिरहेका छन्, कोही छटपटाइरहेका छन्, कोही मृतप्रायः छन् ।
बाँदरहरूलाई भोक लागेछ कि कुन्नि, छिचिमिराहरूलाई समात्दै मुखमा हुलिरहेका छन् । मीठो मानेर चपाइरहेका छन् ।
छिनमै त्यहाँ केही मानिसहरू आइपुग्छन् । उनीहरूले बाँदरहरूलाई धपाउन खोज्छन् । तर, बाँदरहरू भाग्दैनन् । बरु मानिसहरू नै डरले खुम्चिन्छन् ।
पछि, अन्धकारको व्याप्तिले केही पनि देखिँदैनन् । उज्यालो कहिले हुने हो, सबै अनभिज्ञ छन् ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।