शापित खुसी : महेन्द्र नेउपाने (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ ,चैत ९।
“तिमी त कति भाग्यमानी ! बसेरै खान लाउन प्रशस्तै पुगेको छ ।”
बिहान ढिलो गरि उठेकी बुढीलाई बुढाले गर्वसाथ भने ।
“हजुर त्यसो भन्नुहुन्छ, मलाई हजुरको काखमा अहिले नै मर्न पाए हुन्थ्यो जस्तो लागेको छ ।” बुढीले निन्याउरो भाकामा भनिन् ।
“किन ? त्यस्ता अफ्ठ्यारा दिनहरू सकेर बल्ल त सुखका दिन आएका छन् तिमी चै भने मर्ने कुरा गर्दैछौँ ।”
बुढाले नमिठो मानेर भने ।
बुढीले भनिन् “पहिले दुःख भए पनि इमान्दार, कर्मठ, क्रान्तिकारीकी स्वास्नी हुँदा गर्व गर्थेँ । शक्ति थिएन तर इज्जत, शानमान त थियो ।”
“अनि अहिले ?” उनले मुस्काउँदै सोधे ।
बुढीले दुःख देखाउँदै भनिन्,
“अहिले त छिमेकी मात्रै होइन घरकाले पनि छिः छिः भनेर धिक्कारेका छन् । सरापेका पनि छन् । बाहिर रवाफ भएर के गर्नु र ? मनभित्र चैन र सन्तुष्टि छैन ।”
बुढाले प्रायश्चित भावमा उखान भने, “मखुण्डोले मान बढ्दैन’ पहिलेका मानिसले त्यसै भनेको होइन रहेछ । पगरी गुथ्न मति भ्रष्ट गर्न नहुने रहेछ नि ?”

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।