गजल : नवशिला
कपन अनलाइन
काठमाण्डौ ,फागुन ८।
तिनैले फगत एक प्याला पिलाए,
तिनैले मलाई नसामा डुबाए ।
हमेसा म तिम्रो साथी हुँ भन्दै,
तिनैले मेरो यो हालत बनाए ।
थिईन खराब न थिएँ सराबी,
गरेर अनेक मलाई रुवाएँ ।
बनाएर दोषी गरे जालझेल,
अनि साँचो सत्य तिनैले छुपाए ।
दिलाई भरोषा गरे झुठो बाचा,
पागल बनाई तिनैले सुताए ।
रहेछु म लाटो ढाँटेको नबुझ्ने,
मलाई अनेकौँ सपना देखाए ।
म तिम्रो हुँ साथी फकाएर भन्थे
सधैँ हेर बेहाल उनले बनाएँ ।
दिए आज धोका खुबै जाल गर्दै
गरी छल अनेकौँ मलाई रुवाएँ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
