गजल : मानन्धर अभागी
कपन अनलाइन
काठमाण्डौ ,फागुन ८।
उसको मनमा काँडा पलाएछ
इच्छा पुरा भयो बाटो बिराएछ ।
धोकेबाज रहेछ दगावाज गरी
उसले मेरो यो दिल दुखाएछ ।
मज्जा लुट्नु लुट्यो सर्वस्व हरेर
मलाई छोडेर अन्तै रमाएछ ।
नजानेर मैले ठूलो भुल गरेछुँ
मर्नु न बाँच्नु भो ज्यूँदै जलाएछ ।
मिठोमिठो बात गरी घात गर्यो
कसरी बिर्सुँ दिल यो रुवाएछ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
