प्रणय मुक्तक : जयराम बिडारी
कपन अनलाइन
काठमाण्डौ ,फागुन ३।
अल्झेको हो उहीँ घाऊ बल्झेको हो
कसैको प्रतिबिम्ब ऐनामा झल्केको हो
न धोएर न रोएर सकियो ति यादहरु
भुल्न खोज्छु फेरि किन अल्झेको हो ।
मुटु चिसो हुन्छ एकै पल भुल्न सक्दिनँ
तड्पेको छु उदाङ्गिएर खुल्न सक्दिन
यो कतिदिनको पर्खाइ हो भन्न गाह्रो भो
प्रितको रसातलमा किन फेरि घुल्न सक्दिनँ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
