चार मुक्तक : किस्मत खतिवडा

चार मुक्तक : किस्मत खतिवडा

कपन अनलाइन

काठमाण्डौ ,माघ २६।

१. बरु खाउँला आटो पिठो गुजारा गरौंला
जस्तो होस् मिठो नमिठो गुजारा गरौंला
जीवन भर साथ नछोड्नु यति भए पुग्छ
खनी खोस्री भ्याकुर, गिट्ठो गुजारा गरौंला

२. के कुरामा सोच्यौ कम, केहि लाग्दैन
चाले पनि गलत कदम, केहि लाग्दैन
बहुत माथि सम्म पहुँच भएको मान्छे हुँ
मलाई कानुन, नितिनियम केहि लाग्दैन

३. अझै पनि ताजै छ सम्झना, कसले सुनिदिने
कयौँ तुहेर गएका सपना, कसले सुनिदिने
झट्ट हेर्दा हँसिलो मुहार देखिए पनि
यो मन भित्र गडेको वेदना, कसले सुनिदिने

४. गोरे परोस् अथवा काले फरक पर्दैन
जिन्दगि बिताइन्छ मज्जाले फरक पर्दैन
तिम्रो, मेरो मन मिलिसकेपछि प्रिय
जे सोचोस् यो दुनियाले फरक पर्दैन।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।