दुई मुक्तक : भारद्वाज मित्र

दुई मुक्तक : भारद्वाज मित्र

कपन अनलाइन

काठमाण्डौ ,माघ २६।

नबुझ्दा  जीवन भार हो
भोग्न नजान्दा यो काँढाको बार हो
दिशाहीन जीवन त झन्
छिनेको गितारको तार हो ।

जीवन मात्र धान्नका लागि हो भने
मानेको धाम मान्नका लागि हो भने
उकाली आरालीले के फरक पार्छ र
जीन्दगी गोरुगाढा झैँ तान्नका लागि हो भने ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।