दुई मुक्तक : गंगा लिगल

दुई मुक्तक : गंगा लिगल

कपन अनलाइन

काठमाण्डौ ,माघ २६।

जाग जाग सुर्यले बिहानी ल्यायो
स्वर्णप्रभा रुपी शुहानी ल्यायो
चौतर्फ हेर उज्यालै उज्यालो
नव देश बनाउने कहानी ल्यायो ।

जीवन बगिरहने खोला हो
यो निरन्तर चलिरहने गोला हो
हो यसको त निरन्तरता नै
यो सदा यस्तै चलिरहने चोला हो ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।