दुई मुक्तक : भारद्वाज मित्र
कपन अनलाइन
काठमाण्डौ ,माघ १४।
क्षितिजको लालिमासँग खेल्दै रमाउँदा
गर्जने मेघको कालिमाले झसक्क तर्साउँदा
लाग्छ यो यामको आयू कति लामो छ कुन्नि
फूलको आशा कहाँ पुग्छ सगरले काँढा बर्षाउँदा ।
हृदयमामा हाम्रो नाता सजाएर राख
नओइलाउने मनफूफुलाएर राख
जीवनको द्यौरालीमा छिटै भेट हुँदैन कि
भो भो प्रीये तिम्रो आँशु बचाएर राख ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
