जुगल नवगुरुकुल बुढानिलकण्ठ -१० को बार्षिक खेलकुद सप्ताह सुरु
कपन अनलाइन
काठमाण्डौ ,माघ ११ ।
बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा अवस्थित जुगल नवगुरुकुलको बार्षिक खेलकुद सप्ताह सुरु भएको छ।
बुढानिलकण्ठ १० का वडाध्यक्ष नवराज भट्टराइको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमको अध्यक्ष विध्यालयका अध्यक्ष ए डोरप्रसाद आचार्य रहेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी भट्टराइले अहिलेको समय नै खेलकुद तथा खेलाडीको रहेको बताउदै खेल खेलेरै कुनै पनि बिध्यार्थी एवम ब्यक्तीले राष्ट्रिय तथा अन्तरास्ट्रिय स्तरमा आफ्नो परिचय बनाउन सकिने विचार व्यक्त गरेका थिए।
करिव २०० बिधार्थीहरुले संयुक्त रुपमा ड्रील प्रदर्शन गर्नुका साथै स्काउटका बिधार्थीहरुले मार्चपास गरि उद्घाटन गरिएको कार्यक्रममा ३ दर्जन बढी खेलकुद खेलाइने र उक्त खेलमा ५०० बिधार्थी प्रत्यक्ष सहभागी हुने बिध्यालयका अध्यक्ष डोरप्रसाद आचार्यले जानकारी दिएका छन
खेलकुदले बिध्यार्थीहरुमा अनुशासन र सहनशिलता एवम हार र जितमा आफुलाइ कसरी स्थिर राख्ने भन्ने परिपक्वता सिकाउने हुदा यसबाट शारिरिकरुपमा स्वस्थ रहनुका साथै पढाइमा पनि मानसिक रुपमा खेलकुदले सहयोग गर्ने हुदा बार्षिक रुपमा योजना बनाएरै यो कार्यक्रम गरिएको बिध्यालयका प्रीन्सिपल रुपक लामिछानेले जानकारी दिएका छन ।
।
