न्यायिक सहजकर्ता (इन्टर्न) का रूपमा कार्य गर्न इच्छुक विद्यार्थीहरूलाई निवेदन पेश गर्न आह्वान
कपन अनलाइन
काठमाडौं, पुस ८।
काठमाडौं, पुस ८।
काठमाडौँ महानगरपालिका केन्द्रीय कार्यालय र अन्तर्गतका वडा कार्यालयहरूमा सेवाग्राहीको आवश्यकता अनुसार निःशुल्क कानुनी सेवा प्रवाह गर्न न्यायिक सहजकर्ता (इन्टर्न) का रूपमा कार्य गर्न कानुन क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई आव्हान गरेको छ
कम्तीमा तीन वर्ष अध्ययन गरिसकेका इच्छुक विद्यार्थीहरूलाई यो सूचना प्रकाशन भएको मितिले १० (दस) दिनभित्र काठमाडौँ महानगरपालिका कानुन तथा मानव अधिकार विभागमा देहाय बमोजिमका कागजात सहित निवेदन पेस गर्न यो सूचना प्रकाशन गरिएको छ ।
आवश्यक कागजात :
१. निवेदन,
२. नागरिकताको प्रतिलिपि,
३. कानुन क्याम्पसमा तीन वर्ष अध्ययन गरिसकेको शैक्षिक प्रमाणपत्र,
४. अध्ययनरत विद्यार्थीको हकमा सम्बन्धित क्याम्पसको सिफारिस ।
तपाइँको प्रतिक्रिया ।