एनप्याब्सन खेलकुद सप्ताहका पदक विजेता पुरस्कृत

एनप्याब्सन खेलकुद सप्ताहका पदक विजेता पुरस्कृत
कपन अनलाइन
काठमाण्डौ ,मंसिर ३०।

सातौं एनप्याब्सन खेलकुद सप्ताहअन्तर्गत विभिन्न खेलका पदक विजेतालाई शनिबार पुरस्कृत गरिएको छ । विभिन्न ४ खेलका पदक विजेतासहित मार्च पास्टमा शीर्ष स्थानमा रहने टोलीलाई पुरस्कृत गरिएको हो ।
एनप्याब्सन काठमाडौं जिल्ला कार्यसमितिद्वारा आयोजित खेलकुद सप्ताहमा छात्र फुटसल, छात्र÷छात्रा कबड्डी र तानडोरी तथा छात्र बास्केटबलमा प्रतिस्पर्धा भएको थियो । आयोजक कार्यसमितिका अध्यक्ष अमृतकुमार खड्का, कार्यसमितिका उपाध्यक्ष एवं अत्तिरिक्त क्रियाकलापका संयोजक प्रेमकुमार भुजेललगायतले सरस्वतीनगरस्थित एपेक्स लाइफ स्कुलमा आयोजित एक कार्यक्रमबीच पुरस्कृत गरे ।
कमलादीस्थित युनिग्लोबमा भएको छात्र फुटसलमा अमर आदर्श पहिलो, बोधी सदन दोश्रो र निर्मल ज्योति तेश्रो भएका थिए । छात्र÷छात्रामा कबड्डीको दुवै उपाधि भीमेश्वर एकेडेमीले जित्यो । छात्रमा अर्किड दोश्रो तथा गणेश हिमाल र नेरिक एकेडेमी तेश्रो भए । छात्रामा वेस्ट ग्रुप भिजन दोश्रो तथा अमर आदर्श र ग्रिन लन्स तेश्रो बने ।
त्यस्तै तानडोरीको छात्रमा ज्ञानभूमि, कान्तिपुर र पिक प्वाइन्ट क्रमशः शीर्ष तीन स्थानमा रहे । छात्रामा कान्तिपुर विजेता, पिक प्वाइन्ट उपविजेता र मिलन धर्मस्थली तेश्रो भए । कबड्डी र तानडोरी भीमसेनगोलास्थित अमर आदर्श स्कुलमा भएको थियो ।
एपेक्स लाइफ स्कुलमा भएको छात्र बास्केटबलको उपाधि हिमाली बोर्डिङले चुम्यो । साइन मोडेल दोश्रो तथा युनिभर्सल तेश्रो स्थानमा रहे । मार्च पास्टमा वेस्ट ग्रुप भिजन पहिलो, काठमाडौं सेन्ट्रल दोश्रो र ग्रिन हिल तेश्रो हुँदै क्रमशः ५ हजार, ३ हजार र २ हजार नगदबाट पुरस्कृत भए । मंसिर २१ गतेदेखि सुरु खेलकुद सप्ताहमा १ सय २० भन्दा बढीको सहभागिता रहेको आयोजकले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।