गजल : कृष्णप्रसाद पोखरेल
कपन अनलाइन
काठमाण्डौ ,मंसिर २९।
मान्छेसँग मान्छे डराएर घरमा कुकुर पाल्छन् अचेल ।
बेरोजगार छु भन्नेले नै खेतबारी बाँझै फाल्छन् अचेल ।।
जीवनभरि आफू हाँसी अरुलाई सबलाई धरधर रुवाउनेले,
स्वर्ग जान ईश्वर सम्झी लाखबत्ती नै बाल्छन् अचेल ।
आफुलाई हात्ती बाँकी सबलाई कमिला ठान्ने महाजनले,
आफ्नो स्वार्थ पूरा गर्न भने अनेक चाल चाल्छन् अचेल ।
नारी हक अधिकारको बारबार भजन गाउनेहरु जो छन् ,
तिनले छोरो पाउन भाक्कल गर्दै खसीबोका ढाल्छन् अचेल।
बिना लक्ष्य प्रमाणपत्रकै लागि स्कुल कलेज तिर धाउनेहरु,
रुटिन आएको भोलिपल्ट किताब किन्न थाल्छन् अचेल ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।