बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा उड्डयन कार्यशाला (Aviation Workshop) सम्पन्न

बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा उड्डयन कार्यशाला (Aviation Workshop) सम्पन्न
कपन अनलाइन
काठमाण्डौ ,मंसिर २७।

बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा उड्डयन कार्यशाला (Aviation Workshop) सम्पन्न भएको छ।

बुढानिलकण्ठ नगरपालिका वडा नं ११ का ९ विद्यालयबाट २७ जना विद्यार्थीहरुको सहभागिता रहेको सो कार्यशालामा विमान निर्माणका प्राविधिक तथा शैदान्तिक पक्षहरुका वारेमा जानकारी प्रदान गर्नुका साथै विद्यार्थीहरुले निर्माण गरेको विमानको परिक्षण उडान समेत गरिएको थियो।

बुढानिलकण्ठ -११ को सहयोग तथा  The squad of Game Changers को प्राविधिक सहयोगमा भएको सो दुई दिने कार्यक्रमको समापनमा बोल्दै वडा नं ११ का अध्यक्ष राजु अधिकारीले आगामी दिनमा विज्ञान प्रविधि सम्बन्धि कार्यक्रमहरु आयोजना गर्ने बताएका थिए।

वडा नं ११ ले विगतमा पनि विद्यार्थी र विद्यालय केन्द्रीत विभिन्न कार्यक्रम र प्रतियोगिताहरु गरिरहेको बताउदै अध्यक्ष अधिकारीले विद्यार्थीहरुको विकासका लागि वडा सधै तत्पर रहेको धारणा व्यक्त गरेका थिए।

मंसिर २६ र २७ गते श्री ग्राम शिक्षा मन्दीर माविमा भएको कार्यशालाको समापनमा नगर कार्यपालिका सदस्य तथा सामाजिक विकास समिती संयोजक शान्ता ढकाल, श्री ग्राम शिक्षा मन्दीर माविका प्रधानाध्यापक रुद्र कोइराला, माउन्ट कैलाश माविका प्रधानाध्यापक प्रतिमा पाण्डे ,    The squad of Game Changers का CEO सुमन भट्टराई , कार्यशालाका प्रशिक्षकहरु दिवस खनाल ,राज कुमार चौरसिया र अमित राना लगायतको उपस्थिति रहेको थियो।

तपाइँको प्रतिक्रिया ।