उज्यालो : गंगा खड्का (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ .मंसिर २३ ।
“के गर्नु, भगवान् पनि गरिबका कति परीक्षा लिन सक्छन् कुन्नि ? विचरा लाऊँलाऊँको उमेरमा मरेछ ।”
मुहारपुस्तिकामा घोरिरहेका दीपकले भने ।
“को म¥यो र बुबा ?” रुपकको मनमा आशंंकाको बादल मडारियो ।
“हेर न तिहारको झिलिमिली बत्ती हाल्न गएका एकजना कामदार करेन्ट लागेर मरेछन् । बिचरा ! घरपरिवार कति रोए होलान् ?” दीपकले मोबाइलको समाचार देखाउँदै भने । एकछिन सन्नाटा छायो ।
“मलाई त यो तिहारमा झिलिमिली बत्ती हाल्न नै मन छैन बाबु । अलिकति गडबड भयो भने यति ठूलो विपत्ति आइलाग्छ ।” दीपकले खुइँय्य सुस्केरा हाले ।
“तपाईंको कुरा नि ठिक हुन् बुढा तर झिलिमिली बत्ती नहाल्दा केटाकेटीले खल्लो मान्ने हुन् कि ?” दीपकको नजिकै बत्ती काटेर बसिरहेकी राधिकाले भनिन् ।
“हामी केही आपत्ति जनाउँदैनौँ हजुरआमा । अनावश्यक साजसज्जामा गरिने फजुल खर्चले होइन, मितव्ययी भएर परम्परा धान्ने बानीले पो त सबैतिर उज्यालो छाउँछ त ।” सबैलाई आश्चर्यचकित बनाउँदै नातिले भन्यो ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।