मृत्युको इच्छुक छु : सानुराजा अन्जान (कविता )
कपन अनलाइन
काठमाण्डौ ,मङ्सिर १६ ।
मृत्युको इच्छुक छु अन्ततः
आत्मज्ञानको मृगतृष्णामा भौँतारिरहेँ –
यसै जिउँदो जलिरहेछु
मर्नु त चोला फेर्नु न हो ?
यही आत्मज्ञान दिने को होला ?
हाँसी हाँसी सोचिरहेछु
म मर्ने कहिले होला ?
शुष्क ओठमा रुखो हाँसो हाँसिरहेछु
मृत्युको इच्छुक छु
म मृत्यु कुरिरहेछु
म कहिले मर्ने होला …
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।