मेरा पाँच मुक्तकहरु : अनिता भण्डारी (पौडेल)
मुटु झिकेर दिए पनि तिमीले खोट दिन्छौ किन
त्यहि झिकेको मुटुमा उल्टै चोट दिन्छौ किन
अचम्म लाग्छ तिमी किन परिवर्तन भयौ हिजोआज
नतिजा एउटा काम अर्कै छ अठोट दिन्छौ किन
अरुको उन्नती प्रगती केलाएरै समय बिताउछ मान्छे
आफूले गरेको कामलाई किन तुच्छ चिताउछ मान्छे
जीवनभर दूःख गरेकै हुन्छ गर्नु मिहिनेत गरेकै हुन्छ
त्यै पनि अरुकै बारेमा सोचेर जीवन रित्याउछ मान्छे ।
आफ्नो भन्दा अरुको बारेमा सोचेर समय बितेको छ
अरुको अलिकती प्रगती गर्यो भने दारा किटेको छ
आफ्नो बारेमा सोच्दैन आफ्नो प्रगती देख्दै देख्दैन
उसको नजरमा पराइले संधै हारेर पनि जितेको छ ।
हरेक दिन केही न केही सिक्छौ सिकाउछौ हामी
कहिले ब्यबहारमा उतार्छौ कहिले लुकाउछौ हामी
मलाई सबै आउछ पनि भन्छौ तर अरुको डाह गर्छौ
आफ्नो भन्दा अरुकै प्रगतीमा ज्यान सुकाउछौ हामी ।
तिमीलाई बीच बाटोमा पर्खाउने उद्देश्य मेरो थिएन
कुर्दाकुर्दै थाकेको थियौ फर्काउने उद्देश्य मेरो थिएन
समयले यसरी बधिदियो कि चाहेर पनि भेट्न पाइन
तिमी उदास हुँदा उल्टै थर्काउने मेरो उद्देश्य थिएन ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक