हेमन्त लाग्यो : सुरेश चन्द्र घिमिरे (कविता )

हेमन्त लाग्यो : सुरेश चन्द्र घिमिरे (कविता )
कपन अनलाइन
काठमाण्डौ ,मङ्सिर ९ ।

१) लाग्यो हेमन्त
शरद् काल बौलायो
देखायो दन्त

२) मुटु चुडायो
बाढी आयो असोज
सारा रुवायो

३) कार्तिक मास
गगनको मेघले
बन्यौँ उदास

४) रूप फिँजायो
कार्तिकको पानीले
धान भिजायो

५) आऊ सँगिना
धान काटौँ स्थानीय
मार्ग महिना

६) भन्छौँ जहिले
फाँटभरी सोत्र्यान्न
नहोस् कहिले

७) हालौँ कुनियो
दाइ हुन्छ मार्गमा
खलामा मियो

८) तानौँ नाम्लाले
बाधौँ गोरु लहरै
माल दाम्लाले

९) खलो पोतौँला
दाइँको परालले
टौवा हालौँला

१०) झाँटेको धान
बत्ताउने नाङ्लाले
हालेर घान

११) खान्छन् डकारी
बोक्छन् धान बोरामा
राख्छन् भकारी

१२) खेताला बनी
खुरमुनिको धान
राख्नु निफनी

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।