दुई मुक्तक : भारद्वाज मित्र
कपन अनलाइन
काठमाडौं, मङ्सिर १।
राम्रो काम गरेर उनीहरू असल गनिएछन्
नराम्रो काम गरेर तिनीहरू खराब मानिएछन्
सबै सबै कुराहरू जान्दाजान्दै कसरी मान्छे
राम्रोतिरको यात्रा छाडेर नराम्रोतिरै तानिएछन् ?
चोर्नु सुबाटो हैने भन्ने मलाई पनि थाहा छ
देखाऊ न साथी हो नचोरीकन चलेको जीवन कहाँ छ
जानी जानी फेरि पनि चोरिरहनु मेरो बाध्यता हो
म यति टाढा पुगेँ कि मलाई थाहा छैन फर्कने बाटो जहाँ छ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।