दुई मुक्तक : भारद्वाज मित्र

दुई मुक्तक : भारद्वाज मित्र

कपन अनलाइन
काठमाडौं, कात्तिक१०।
इमान्दार छ प्रकृति शरदमा फूल नित्य फुल्छन्
व्यवहारनिष्ठ ग्रहहरू आफ्ना गतिमा नित्य घुम्छन्
मान्छे किन यति बेइमान हुन सकेको होला ?
मौका पर्नासाथ निष्ठा र प्रतिबद्धताबाट विमुख हुन्छन्

सत्य त शाश्वत हुन्छ भनेको
शक्ति त सत्यमा छ भन्ने ठानेको
हारेको सत्यलाई अव सापेक्षतामा खोज्न थालिएछ
मैले पनि सत्यभन्दा शक्ति बलियो भनेर बल्ल जानेको

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।