आर्थिक वृद्धि : शम्भु ढकाल (लघुकथा)

आर्थिक वृद्धि : शम्भु ढकाल (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक ३ ।
“ए नानी !” आमाले कराउदै भन्नू भो, “नस्पाती टिपेर ले है, आज पूजामा प्रसाद बनाउन ।”
“अनि हिजै बजारबाट स्याउ, केरा, किवी ल्याई दिएको छु त ।”
मैले भनेँ, “त्यसैको प्रसाद बनाए हुँदैन  ?”
“कहाँ किनेका फलफूलको मात्रै प्रसाद बनाएर हुन्छ ?” आमाले असहमति देखाउदै भन्नु भो, “देवी देउता चै हामीले मान्ने फलफूल चै विदेशी चलाउने ? हाम्रो आफ्नै प्रकृति छैन ?”
“हामीले मनाउने चाडपर्वमा प्रयोग हुने धेरै सामान विदेशी नै त छन् नि होइन ?”
मैले भनेँ, “के साह्रो दुः ख दिन मन लाग्या ? म त  रूख चढ्न पनि सक्दिनँ ।  मिठो पनि लाग्दैन ।”
“के रे ? कुरा गर्छस्? अस्ति तेरो पार्टीको मन्त्रीले स्वदेशी उत्पादनको बजार व्यवस्थापन गरेर आर्थिक वृद्धि गर्ने भनेर भाषण गर्दै थिए त ।
“आमाले सोध्नु भयो, “कि भएका स्वदेशी उद्योग धन्दा र उत्पादन मास्दै विदेशी सामानलाई हरेक ठाउँमा प्रयोगमा ल्याउनुलाई आर्थिक वृद्धि  भन्छन् केटा ?”
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।