संस्थागत विद्यालयमा संचालित अतिरक्त कक्षाहरुमा कडाई, जरुरि सुचना !

संस्थागत विद्यालयमा संचालित अतिरक्त कक्षाहरुमा कडाई, जरुरि सुचना !

कपन अनलाइन
काठमाडौं, असोज १४।

काठमाण्डौ महानगरपालिकाले संस्थागत विद्यालयमा संचालित अतिरिक्त कक्षाहरुका बारेमा अभिभावकहरुको जनगुनासो प्राप्त भएकाले महानगरपालिकाको ध्यानाकर्षण भएको बताएको छ।

महानगरपालिकाले सुचना प्रकासित गर्दै  अभिभावक तया विद्यार्थीको सहमति विना त्यस्ता अतिरिक्त कक्षाहरु अनिवार्य नगराउनु हुन र अतिरिक्त कक्षामा सहभागी हुन सहमति जनाएका विद्यार्थीलाई सहुलियत दरमा शुल्क लिने गरी मात्र अतिरिक्त कक्षा सञ्चालन गर्ने व्यवस्था गर्न निर्देशन समेत दिएको छ।

सुचना :

काठमाडौं महानगरपालिका अन्तर्गत सञ्चालित केही संस्थागत विद्यालयहरुले विद्यार्थीलाई अतिरिक्त कक्षाको नाममा विद्यार्थी तथा अभिभावकलाई वाध्य पारी अतिरिक्त शुल्क लिएको भनी सम्बन्धित अभिभावकहरुको जनगुनासो प्राप्त भएकाले यस महानगरपालिकाको ध्यानाकर्षण भएको छ । अभिभावक तया विद्यार्थीको सहमति विना त्यस्ता अतिरिक्त कक्षाहरु अनिवार्य नगराउनु हुन र अतिरिक्त कक्षामा सहभागी हुन सहमति जनाएका विद्यार्थीलाई सहुलियत दरमा शुल्क लिने गरी मात्र अतिरिक्त कक्षा सञ्चालन गर्ने व्यवस्था हुनका लागि अनुरोध छ ।

 

तपाइँको प्रतिक्रिया ।