बालबालिका र बाल अधिकार : विश्वजित गुप्ता (विशाल)

बालबालिका र बाल अधिकार : विश्वजित गुप्ता (विशाल)

कपन अनलाइन

काठमाण्डौ ,असोज ५।

अठार वर्षमुनिका सबै उमेर समूहलाई बालबालिका मानिन्छ
शक्ति संरचनामा यिनीलाई सबैभन्दा पुछारमा रहेको ठानिन्छ ।
जटिल कार्य गर्न नसकेपनि यिनी गर्छन् राम्रो र असल काम
रोक्न सक्दैनन् अघि बढ्न यिनीहरूलाई हावा, पानी र घाम ।।

आजका बालबालिका मात्र होइनन् वर्तमानको साझेदार ।
तर यिनै बालबालिका हुन् भोलिको भविष्यको कर्णधार
यिनी गर्ने छन् भोलि राष्ट्रको परिवर्तन, रोक्ने छन् विनाश ।
अँध्यारो यिनलाई छेक्न सक्दैन, यिनी हुन् त्यस्ता प्रकाश ।।

सम्पूर्ण सुविधा र आवश्यकता हुन् बालबालिकाको अधिकार
जरुरत छ यिनीहरूलाई माया, हेरचाह र विशेष स्यहार सुसार ।
इग्लान्टाइन जेब नै महिला हुन् बालअधिकारको जन्मदाता
सर्वप्रथम आवाज उठाएर बनी बालबालिकाको लागि माता ।।

बालअधिकार महासन्धिमा उल्लेखित यी हुन् अधिकारहरू
थाहा छैन् यदी तपाईँलाई भने जानी राख्नू है आजैबाट बरु ।
सहभागी हुने, संरक्षण पाउने, बाच्न पाउने र विकास गर्ने
बालमैत्री स्थानीय शासनको अवधारणा संसारभरि नै छर्ने ।।

आधारभूत सिद्धान्त हुन् यसका दीर्घजीवन अनि विकास
सम्पूर्ण बालबालिकाले पाउनै पर्ने गाँस, बास र कपास ।
अरू सिद्धान्त हुन् यसका भेदभाव रहित र सर्वोत्तम हित
बालबालिकाहरूले यो जान्नैपर्छ यदी हासिल गर्न छ जित ।।

त्यसैगरी, अर्को महत्वपूर्ण रहेछ, विचार र भावनाको कदर
यी हुन् आधारभूत सिद्धान्त जसमा बालबालिका छन् निर्भर ।
बालबालिकाको आवाज संस्था र सर्वजनिक स्थानले सुनोस्
कर्तव्यको पालना गर्दापनि अधिकार पाउन कतै गाह्रो नहोस् ।।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।