आफू विरुद्ध आफैं अभियानको दोस्रो शृङ्खलामा सोकेसको ऐना

आफू विरुद्ध आफैं अभियानको दोस्रो शृङ्खलामा सोकेसको ऐना

कपन अनलाइन

काठमाण्डौ ,भाद्र २३ ।

नेपाली साहित्यमा क्रियाशील स्रष्टाहरूले सुरु गरेको ‘आफू विरूद्ध आफैँ’ अभियानको दोस्रो श्रृंखलामा निबन्धककार बोधराज पौडेलको ‘सोकेसको ऐना’ माथि निर्मम चिरफार गरिएको छ।

अभियानकर्ताहररूले समकालीन लेखनका दिशा र प्रवृत्तिगत वैशिष्ट्यबारे विमर्श गर्दै संग्रहित निबन्धको चिरफार गरेका थिए।लेखनको विषय वस्तु र शिल्प विन्यासमा नवीनताको खोजी तथा आफ्नै लेखनको सीमा र शक्तिबारे आत्मसमीक्षा गर्ने गरी अभियानमा साहित्यकार तथा समालोचक आर एम डंगोलले समकालीन निबन्ध साहित्यमा पौडेलको उपस्थिति चिरस्थायी हुनेहुँदा निरखतलाई जोड दिदै ‘संग्रहमा रहेका निबन्ध उत्कृष्ट रहेका र जीवन, प्रकृतिको सानिध्य तथा प्रगतिशील चेतले ओतप्रोत रहेका बताए ।

कार्यक्रममा अभियान्तहररू नवराज रिजाल, होमशंकर बास्तोला, छविरमण सिलवाल र प्रतिरोध कार्कीले पौडेलको लेखन शैली, आञ्चलिकता र जीवन भोगाइको विषयमा चर्चा गरेका थिए।

निबन्धकार पौडेलले आगामी लेखन र विगत आगत कोट्याउँदै समकालीन अवस्थाको साहित्य लेखनबारे चर्चा गरेका थिए।अभियानका संयोजक नवराज रिजालको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रम कवि एवम् साहित्यक पत्रकार होमशंकर बास्तोलाले संचालन गरेका थिए यो ।

तपाइँको प्रतिक्रिया ।