गोकर्णेश्वर नगरपालिका- १ सुन्दरीजलमा एक महिलाको हत्या आशंकामा दुई जना पक्राउ

गोकर्णेश्वर नगरपालिका- १ सुन्दरीजलमा एक महिलाको हत्या आशंकामा दुई जना पक्राउ

कपन अनलाइन

काठमाण्डौ ,भाद्र २३ ।

गोकर्णेश्वर नगरपालिका १  सुन्दरीजलमा एक महिलाको हत्या भएको छ ।

गोकर्णेश्वर नगरपालिका १ सुन्दरीजलमा ढुङ्गाको चेपमा हत्या गरिएको अवस्थामा एक युवतीको शव गत बिहीबार भेटिएको थियो ।प्रहरीले बताएअनुसार ती युवतीले त्यही क्षेत्रमा मजदुरी गर्थिन् । अहिलेसम्म उनका परिवार तथा आफन्त सम्पर्कमा आएका छैनन् ।

प्रहरीले प्रेम सम्बन्धमा रहेका व्यक्तिले हत्या गरेको हुनसक्ने प्रारम्भिक आकलन गरेको छ ।घटनामा संलग्न भएको आशङ्कामा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीका ४० वर्षीया रामविनय महरा र २४ वर्षीया सन्तोष राम महरा रहेका छन् ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

तपाइँको प्रतिक्रिया ।