भ्याली पब्लिक र सत्य साइ सेमिफाइनलमा

भ्याली पब्लिक र सत्य साइ सेमिफाइनलमा
कपन अनलाइन
काठमाण्डौ ,भाद्र ९ ।

भ्याली पब्लिक र सत्य साइ १८ औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा शनिबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
भ्याली पब्लिकले एन्जल्स हार्टलाई २७–२४ ले पराजित ग¥यो । भ्याली पब्लिकको जितमा विशाल परियरले १३ अंक योगदान गरे । आकाश महतोको ८ अंक सहयोगमा सत्य साइले हिमरश्मिलाई २६–२२ ले हरायो । सोही स्पर्धामा लालीगुराँस नेसनल एकेडेमीले सेबलाई ३०–२४ तथा गोल्डेनपिकले ग्रिनफिल्डलाई २१–१६ ले पाखा लगाउदै सेमिफाइनलमा पुगे । लालीगुराँसका सर्गम गुरुङले ११ तथा गोल्डेनपिकका अमन गुरुङले ८ अंक जोडे ।
सिनियर गल्र्समा आयोजक ग्रिनल्यान्डले इडेन ब्रिज एकेडेमी (इबीए) लाई २९–२४, भ्याली पब्लिकले विद्या आश्रमलाई २४–२०, फेरिल्यान्डले पारामाउन्टलाई २८–२४ र टीआईएले तेजस्वीलाई २३–१९ ले पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । ग्रिनल्यान्डकी अहाना खड्काले १२, भ्याली पब्लिककी लोरिशा गौचनले १३, फेरिल्यान्डकी कृतिका कटुवालले १२ र टीआईएकी सलिना क्षेत्रीले ८ स्कोर गरे ।
सिनियर ब्वाइजमा कन्स्टिलेसनलले डीभीएलाई ४४–३३, एचएचसीएले ग्रिनल्यान्ड ‘ए’ लाई ६७–६२ र भ्याली पब्लिकले टीआईएलाई ४०–३३ ले पन्छ्याउदै सेमिफाइनल यात्रा तय गरे । कन्स्टिलेसनलका सुदिन तामाङले १४, एचएचसीएका डेविड राईले ३५ र भ्याली पब्लिकका सुनिल पौडेलले २० अंक बटुले ।

तपाइँको प्रतिक्रिया ।