रोलर स्केटिङ टोली भारत जाने

रोलर स्केटिङ टोली भारत जाने
कपन अनलाइन
काठमाण्डौ ,भाद्र ८।

प्रथम इन्डिया नेपाल रोलर स्केटिङ च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली शनिबार भारतको पश्चिम बंगालस्थित नाडिया जाने भएको छ।
अगष्ट २४ तारिखमा हुने प्रतियोगितामा सहभागी हुने खेलाडीमा ज्ञान संस्कार इन्टरनेसनल स्कुलबाट रोज बडू, काश्भी भट्टराई, समन पाण्डे, स्लोक सेन थापा, समिरन भुसाल, जून बडू, जियाना अर्याल र स्नेहा पाण्डे तथा विल्सन एकेडेमीबाट स्वराज भारती, प्रान्जल गिरी र समिश्रण थापा रहेका छन् । शिव नर्सिङ शिक्षालयबाट आशिया तामाङ, विमस शाही, रेमन गुरुङ र सात्भिक मल्होत्रा रहेका छन् । ट्रिटन इन्टरनेसनल स्कुलबाट आयुश सिटौला र सुमित ठाकुर तथा अन्यबाट इमोन यादव र श्रीवत्स श्रेष्ठ छन् ।
टोली प्रमुखमा नेपाल रोलबल संघका अध्यक्ष वीरकृष्ण महर्जन, व्यवस्थापकमा अभिषेक मानन्धर तथा प्रशिक्षकमा अनिल तामाङ र राहुल खत्री क्षेत्री रहेका छन् । टोलीसंगै ज्ञान संस्कारकी प्रिन्सिपल निलम बडू र शिक्षिका सानी महर्जन पनि भारत जाने छन् ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्की कार्यकारी समितिकी सदस्य नन्दा बस्यालले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरिन् ।

तपाइँको प्रतिक्रिया ।