ओखलढुंगाको प्रसिद्ध चम्पादेवी मन्दिर पहिरोले पुरियो !

ओखलढुंगाको प्रसिद्ध चम्पादेवी मन्दिर पहिरोले पुरियो !

कपन अनलाइन

काठमाण्डौ ,भाद्र ६।

ओखलढुंगा जिल्लाको प्रसिद्ध चम्पादेवी मन्दिर पहिरोले पुरिएको छ। गएराती आएको अविरल वर्षाका कारण सो स्थानमा पहिरो जादा ककनी नामले पनि चिनिने सो मन्दिर पूर्ण रुपमा पुरिएको हो।

चम्पादेवी गाउँपालिका वडा नं ९ मा रहेको सो मन्दिरको नामबाट चम्पादेवी गाउँपालिकाको नामकरण समेत भएको छ भने उक्त मन्दिरलाई स्थानीयहरुले निकै ठुलो धार्मिक आस्थाका साथ मान्दै आएका छन।  ओखलढुंगा जिल्लाकै प्रमुख धार्मिक तथा पर्यटकीय स्थल श्री चम्पादेवी मन्दिरमा हरिबोधनी एकादशीका दिनबाट शुरु हुने गरेको छ।

सो मन्दिरमा  ठुलादेखि साना घण्टा, ठुलादेखि साना तामाका त्रिशुल, सुन चाँदी पैसा लगायत अन्य पशुचौपाया बृद्धि होस भनेर दहि दुध चढाउने, गाई भैसी बाँध्ने दाम्लो चढाउने, गाईभैसीलाई बोलाउदै मन्दिर देखि दाम्लोले गाईभैसी ताने जस्तै गरी दाम्लो घिसार्दै हिड्ने, राम्रो उत्पादन होस् भनेर मकैका झुत्ता फलफुल चढाउने प्रचलन रहेको छ  ।

ओखलढुंगा सदरमुकाम देखि कटुन्जे कोषकोहाट तथा  काठमाडाैं बाट रामेछाप मन्थली साँघुटार हुँदै घोराखोरी बिलन्दुबाट पनि मन्दिर सम्म पुग्ने मोटरबाटोको सुविधा रहेको छ ।यसैगरी  नवलपुर पलापु कोषको हाट हुँदै पनि श्रीचम्पादेवी मन्दिर सम्म पुग्ने मोटरबाटो रहेको छ ।

 

तपाइँको प्रतिक्रिया ।