गजल : पुरुषोत्तम नेपाल

गजल : पुरुषोत्तम नेपाल

कपन अनलाइन

काठमाण्डौ,असार २९ ।

शिखरमा पुगेर झर्नुपर्छ एकदिन
मानिस हो आखिर मर्नुपर्छ एकदिन ।

तर पनि निष्क्रिय नरहनु कैल्यै ।
संघर्षका हर जंघार तर्नुपर्छ एकदिन ।

मेरै गोरुको मात्र बाह्रै टक्का गर्नु किन
मृत्युसँग सम्झौता गर्नुपर्छ एकदिन ।

खाली हात आइयो यहाँ खाली हात जान्छौं ।
संसारमा पहिचान छर्नुपर्छ एकदिन ।

केही पनि नबिराऊ कसैसँग नडराऊ
आफ्नै मनसँग पनि डर्नुपर्छ एकदिन ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।