बुढानिलकण्ठ -८ नेसनल युनाइटेड स्कुल नजिक भेनस फुटसलको शुभारम्भ

बुढानिलकण्ठ -८ नेसनल युनाइटेड स्कुल नजिक भेनस फुटसलको शुभारम्भ

कपन अनलाइन

काठमाण्डौ,असार २९ ।

बुढानीलकण्ठ नगरपालिका वडा नं  ८, गणेश चोकमा  “भेनस फुटसल एन्ड ट्रेनिङ सेन्टर” को शुभारम्भ भएको छ ।सहरी युवाहरु माझ निकै नै लोकप्रिय रहेको यो खेल र मैदानलाई युवा/ युवती, सिनियर सिटिजन लगायत विद्यार्थीहरूको शारीरिक, मानसिक र नैतिक विकासमा महत्वपूर्ण भूमिका खेल्न सकोस भन्ने प्रमुख उद्देश्यका साथ  स्थापना भएको सो फुट्सल   नेसनल युनाइटेड स्कुल संगै गणेश स्कुल चोक बाट २ मिनेटको दुरीमा रहेको छ।

पण्डितद्वारा विधिवत रूपमा विशेषपुजापाठ सहित  असार १३ गते शुभारम्भ गरिएको उदघाटन कार्यक्रममा समाजका लब्धप्रतिष्ठित व्यक्तित्वहरु,विभिन्न स्कुल तथा कलेजका संस्थापक एबम प्रिन्सिपलहरुका साथै  साथै खेलकुदसंग सम्बन्धित व्यक्तिहरुको बाक्लो उपस्थिति रहेको थियो।

खेलाडीहरुको स्वास्थ्यलाई मध्य नजरगर्दै अत्याधुनिक रबरलेस कृतिमग्रासको प्रयोग गरी फुटसल मैदान निर्माणगरिएको व्यवस्थापक प्रकाश न्यौपानेले बताएका छन।

शुभारम्भसंगै उद्घाटन खेल नेसनल युनाइटेड स्कुलबाट २०८०सालको एसईई परीक्षा उत्तीर्ण विद्यार्थीहरुका बीचभएको थियो भने उक्त दिन विभिन्न क्लब तथा संस्था लगायतका ९ टिमका खेलाडीहरूले रातीको ९ बजेसम्म खेल खेलेका थिए। प्रशासनका अनुसार फुट्सल प्रत्येक दिन बिहान ६ बजेदेखि रातको ९ बजेसम्म संचालन हुनेछ ।

 

शुभारम्भ कार्यक्रमको दिनमानै काठमाडौंउपत्यकाका विभिन्नक्लब,स्कुल, कलेज तथा व्यावसायिक संस्थासंग वार्षिकरुपमा सम्झौता गरिएको थियो।  फुट्सलले शुभारम्भको अवसरमा परिसरमा स्वास्थ्यकर फुडकोर्ट, विभिन्न पेय पदार्थ उपलब्ध हुने जनाएको छ ।  विद्यालय तहका विद्यार्थीहरूलाई मध्यनजर गर्दै निकट भविष्यमा नियमित तालिम संचालन हुने जनाएको फुट्सलले शुभारम्भको अवसरमा १महिनासम्म बुकिंगगर्दा तोकिएको शुल्कमा २५% छुट, ५ घण्टा खेल खेले पश्चात १ घण्टा बोनस तथा प्रति टिम २ बोतल शुद्ध पिउने पानि उपलब्ध गराउने जानकारी गराएको छ ।

सन् १९३० को दशकमा उरुग्वे (Uruguay) मा भएको उत्पत्ति भएको फुटसल खेललाई जुआन कार्लोस सेरिअनी (Juan Carlos Ceriani) द्वारा मोन्टेभिडियो (Montevideo) मा विकसित गरिएको थियो। नेपालमा भनेफुटसलको सुरुवात सन् २०००को दशकको अन्त्यतिर भएको मानिन्छ ।नेपाल फुटसल संघ (Nepal Futsal Association, NFA) को स्थापना २०१७ मा भएको थियो।

 

तपाइँको प्रतिक्रिया ।