गजल : वन्दना पौडेल

गजल : वन्दना पौडेल

कपन अनलाइन

काठमाण्डौ,असार २९ ।

असारको दही चिउरा, साउनमा खिर ।
बाँचुन्जेल हाँसौँ नाचौँ, नगरौँ है पिर ।।

हरेक जनका जीवनले, अन्तै बाटो मोडे पनि ।
जसले जे नै भने पनि बाँच्न सिक धीर ।।

धीरताको क्षमताले तिम्लाई माथि उठाउने छ ।
त्यही अडिक पनाले नै हुने नै छौ वीर ।।

असल मार्ग र सत्य बोली मिठो वचन भएपछि ।
कहिल्यै पनि त्यसकर्मले झुक्ने छैन शीर ।।

आफ्नो स्वार्थ त्यागी दुःखीजनको सेवा ग¥यौ भने ।
तिमी मरि गए पनि हुने नै छौ वीर ।

बाँच्ने कति आज भोलि कसलाई के थाहा छ र ।
बाँचुन्जेल रम्न सिकौँ नगरौँ है पिर ।।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।