महाजात्रा :ध्रुवराज थापा ‘पुरुष’ (लघुकथा)

महाजात्रा :ध्रुवराज थापा ‘पुरुष’ (लघुकथा)

कपन अनलाइन

काठमाण्डौ ,असार २२।

 ‘ए हो हो सबैलाई हो !’
म्यासेजको जवाफ फर्कियो । ‘सबैलाई ग्रुपमा सूचना गरिदिनु ।’ प्रधानाध्यापकले कक्षा शिक्षकलाई भन्नुभयो ।
सबै कक्षा शिक्षकले कक्षागत मेसेन्जरमा भोलि विद्यालय बिदा भनेर सूचना टाँगीदिए । प्रदेशको बिदा सम्बन्धि आधिकारिक सूचना पनि त्यसैमा राखियो ।
विद्यार्थी मख्ख, शिक्षक दङ्ग ! भोलिका रसिला योजना बन्न थाले । एक घण्टापछि विद्यालयको म्यासेन्जर ग्रुपमा ट्वाङ्ङ नोटिफिकेसन बज्यो । लेखिएको थियो ‘ए होईन होईन बिदा होईन रहेछ, अरू सबै अफिस बिदा रे ! बिद्यालयमा चाँही बिदा छैन रे !
पढाईहुन्छ भनेर सबै विद्यार्थीलाई खबर गरिदिनु । प्रमाणका लागि पालिकाको सूचना म्यासेन्जरका भित्तामा टाँसीएको
थियो ।
आज्ञाको पालन भयो, सबैका योजना चकनाचुर भए । पक्षबिपक्षमा, न्याय अन्याय र विभेदका बहसले सामाजिक सन्जाल तात्यो ।
केही घण्टापछि फेरि नोटिफिकेसनको टुङ् आवाजले झस्कायो पालिकाको संशोधित सूचना पोष्ट भएको रहेछ । सूचनाको पुछारमा लेखिएको थियो, ‘लौ फेरि बिदा हुने भयो है, फेरि सबैले विद्यार्थीलाई खबर गरिदिनु, विद्यालय बिदा छ भनेर !
‘उफ् कस्तो कच्चा निर्णय होला घण्टा घण्टामा फेरिने, के गरेको होला यस्तो !’ श्रीमती चर्किइन ।
आफ्नी श्रीमतीको तनाव देखेर श्रीमानले सम्झाउदै भने, ‘महाजात्रा भनेको यही हो !’
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।