आमा : संगीता गुप्ता (कविता )

आमा : संगीता गुप्ता (कविता )

कपन अनलाइन

काठमाण्डौ ,असार २२।

आमा तिमी नै हौ संसारको माता ।
हामी सम्पूर्णको प्राण र कर्मदाता ।
प्रत्येक कोपिलाको लागि माली हौ ।
बढेर जहाँ फूल बन्छन् फुलवारी हौ ।

चल्दैन सास तिमीबिना एकपल नि ।
प्रस्तुत हुन्छौ पानी, अन्न र हवा बनि ।
त्यसैले त आमा केवल छैनौ महान् ।
तिमीलाई पुज्छौँ मानी सबै भगवान् ।

आफू नखाएर सन्तानलाई खुवाउने ।
हजारौँ पीडा सही तिनलाई हुर्काउने ।
तिमीले गर्दा नै जगत् हेर्न पाएका छौँ ।
तिम्रै स्याहारले आज मुस्कुराएका छौँ ।

तिमी नहुँदा म फूल कहाँ फुल्न पाउँथेँ .
कोपिला अवस्थामै सायद ओइल्याउँथेँ ।
तिर्न नसकुँला आमा कहिल्यै तिम्रो रिन ।
तर आफ्नो कर्तव्य भुल्ने छैन एक छिन ।

सिकोस् दुनियाँले तिमी झैँ त्याग गर्न ।
सङ्घर्ष गर्दै चारैतिर ःनेह र प्रेम छर्न ।
मार्गदर्शनले तिम्रो सिक्यौँ सुसंस्कार ।
तिम्रो सुपुत्री हुँदा गर्व लाग्छ अपार ।

तिम्रो आशीर्वाद सदैव मेरो साथ होस् ।
मेरो शिरमा सधैँ नै तिम्रो हात रहोस् ।
चाहना छ मेरो तिमीसँगै जहिले रमाऊँ ।
सातौँ जुनी तिम्रै कोखबाट जन्मिन पाऊँ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।