रास्ट्रीय संस्थागत विद्यालय संघ नेपाल  (NISAN) को आयोजनामा तेश्रो चित्रकला प्रतियोगिता सम्पन्न

रास्ट्रीय संस्थागत विद्यालय संघ नेपाल  (NISAN) को आयोजनामा तेश्रो चित्रकला प्रतियोगिता सम्पन्न

कपन अनलाइन

काठमाण्डौ ,असार ८।

रास्ट्रीय संस्थागत विद्यालय संघ नेपाल  (NISAN) को आयोजनामा तेश्रो चित्रकला प्रतोयोगिता सम्पन्न भएको छ।  २२ विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको सो प्रतियोगितामा उत्कृस्ट चित्रकलाको प्रदर्शन सहित पुरस्कार वितरण गरिएको थियो।

निशानका अध्यक्ष सौर्य आचार्यको अध्यक्षता तथा पुर्व प्रतिनिधि सभा सदस्य कृष्ण राईको प्रमुख आतिथ्यतामा त्रिकोण पब्लिक स्कुलमा भएको सो प्रतियोगिता समापनमा विभिन्न विधालयका प्रधानाध्यापक ,शिक्षक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

काठमाण्डौ र सिन्धुपाल्चोक जिल्लका विभिन्न संस्थागत विद्यालयहरुको साझा मंचका रुपमा रहेको निसानले यो शैक्षिक शत्रमा तिन दर्जन भन्दा बढी रचनात्मक कामहरु गर्ने योजना बनाएको अध्यक्ष सौर्य आचार्यले बताएका छन।

निसानले नियमित पठन पाठन सहित विद्यार्थीहरुको वृति विकासलाई सधै प्राथमिकतामा राखेको बताउदै आचार्यले चाडै नै विशेष कार्यक्रमको आयोजना गर्न लागिएको जानकारी समेत दिएका छन।

को को बने विजेता ?

प्रथम : करुणा तामाङ (कुण्डलिनी स्कुल )

दितीय : प्राश्ना तामाङ ( जीवन तारा एकेडेमी )

तृतीय :जिया तामाङ ( आइ लेन्स स्कुल )

सान्त्वना :सावित्री गोले ( लिबर्टी एकेडेमी )

सान्त्वना : पेम्बा सांगे तामाङ ( इस्ट पोइन्ट स्कुल )

उत्कृस्ट १० भित्र पर्न सफल विद्यालय तथा विद्यार्थी :

एन्जिला तामाङ (बाल गीतान्जली स्कुल )

समिर तिमल्सिना (द सेलिब्रेसन को एड स्कुल )

अन्जली घोरासैनी (मेलम्ची कम्युनिटी स्कुल )

सुरेश तामाङ (लिटल बड स्कुल )

सावित्री ढकाल ( अल्पाइन स्कुल )

तपाइँको प्रतिक्रिया ।