भट्टराई र ढकाललाई घुम्ती काव्य पुरस्कार अर्पण गरिने

भट्टराई र ढकाललाई घुम्ती काव्य पुरस्कार अर्पण गरिने

कपन अनलाइन

काठमाण्डौ ,असार ५ ।

हरेक महिनाको दोस्रो शनिबार बिहान फरकफरक स्थानमा  कविगोष्ठी गर्दै आएको घुम्ती कविगोष्ठी नेपालले आफ्नो पहिलो साधारण सभाको अवसरमा दुई जना काव्य विधामा चर्चित व्यक्तित्वलाई घुम्ती काव्य पुरस्कार २०८१ अर्पण गर्ने भएको छ ।
संस्थाका अध्यक्ष माधवलाल श्रेष्ठको अध्यक्षतामा असार ३ गते बसेको कार्यसमिति बैठकले सीता भट्टराईलाई घुम्ती- नालाङ्ग काव्य पुरस्कार २०८१ र डा. विप्लव ढकाललाई घुम्ती – रमा-बद्री काव्य पुरस्कार २०८१ अर्पण गर्ने निर्णय गरेको हो ।
वरिष्ठ साहित्यकार वेदमणि घिमिरे संयोजक तथा घुम्ती कवि गोष्ठीका उपाध्यक्ष वरिष्ठ कवि त्रिलोचन आचार्य र साहित्यिक पत्रकार निबन्ध आचार्य  सदस्य रहेको प्रतिभा चयन समितिले सिफारिस गरेको नामलाई बैठकले सर्वसम्मत रूपमा अनुमोदन गरिएको थियो ।दुवै पुरस्कार आगामी साउन १२ गते शनिबार हुने साधारण सभामा नगद रु १०,०००/- र कदरपत्र अर्पण गरिने घुम्ती कविगोष्ठी नेपालका महासचिव कवि रामकुमार पण्डितले जानकारी दिएका छन  ।
सो दिन संस्थाका छ दर्जन आजीवन सदस्यहरूलाई आजीवन सदस्यता प्रमाणपत्र प्रदान गरिनुको साथै १४१ औंँ घुम्ती कविगोष्ठी समेत हुने पूर्व अध्यक्ष रामचन्द्र दाहालले बताउनु भयो ।घुम्ती- नालाङ्ग काव्य पुरस्कार माधवलाल श्रेष्ठ र घुम्ती – रमा- बद्री काव्य पुरस्कार बिमल अर्यालले संस्थामा जनही एक लाख पच्चीस हजारको अक्षयकोष राखी स्थापना गर्नुभएको हो । विगत १२ वर्षदेखि निरन्तर रूपमा घुम्ती कविगोष्ठी सञ्चालन हुदै आएको छ ।
तपाइँको प्रतिक्रिया ।