चौथो त्रि-ज्योति अन्तर कक्षागत नृत्य एवम् संगीत प्रतियोगिता सम्पन्न

चौथो त्रि-ज्योति अन्तर कक्षागत नृत्य एवम् संगीत प्रतियोगिता सम्पन्न

कपन अनलाइन

काठमाण्डौ ,असार ६/अग्रता नेपाल

बुढानीलकण्ठ नगरपालिका वडा नं १२, कपनमा रहेको त्रि-ज्योतिमा.विमा चौथो त्रि-ज्योतिअन्तर कक्षागत नृत्य एवम् संगीत प्रतियोगिता सम्पन्न भएको छ।
त्रि-ज्योतिमा.वि.मा कक्षा ५ देखि १० सम्म अध्ययनरत बालबालिका भित्र रहेको नृत्य र साङ्गीतिक प्रतिभाको वास्तविक रुपमा मूल्याङ्कन गर्ने उदेस्यले  आयोजना गरिएको उक्त कार्यक्रममा संगीतततर्फ  १५ समूह र नृत्यततर्फ  १५ समूह सहभागीथिए ।

बुनपा-१२ का वडाध्यक्ष शम्भुप्रसाद भट्टराईको प्रमुख आतिथ्यता र विद्यालयका प्रबन्ध निर्देशक ताराप्रसाद सुवेदीको सभापतित्वमा सो  चौथो त्रि-ज्योति अन्तर कक्षागत नृत्य/सङ्गीत कार्यक्रम भएको थियो ।
विद्यालयका प्राचार्य गणेशकुमार मिश्रले बालबालिका भोलिका सम्भावना भएकोले आजदेखिनै उक्तवातावरण तयार गरिएको कुरा बताए । ‘सिप र शिक्षाःत्रि-ज्योतिको इच्छा’ भन्ने आदर्शलाई प्रयोगात्मक रुपमा उतार्दै भोलिको सार्थक र दक्षनागरिक निर्माणमा त्रि-ज्योतिले सङ्कल्प राखेको  स्वागत् मन्तव्य समेत राखेका प्राचार्य मिश्रले उल्लेख गरेका थिए  ।

प्रमुख अतिथि बुनपा -१२ का वडा अध्यक्ष शम्भुप्रसाद भट्टराईले त्रि-ज्योतिले निजी विद्यालयको भीडमा पृथक ढङ्गले बालबालिकाको समग्र हितमाकाम गरिरहेको धारणा प्रकट गरेका थिए  ।

जुनियर र सिनियर गरी दुई तहमा गरिएको नृत्य र संगीतको मूल्याङ्कनमा नृत्यतर्फ  प्रथम कक्षा-७ कोशी, द्वितीय कक्षा -६ कोशी र तृतीय कक्षा -६ मेचीले पाएका थिए भने संगीततर्फ  प्रथम कक्षा-७ मेची, द्वितीय कक्षा-६ कोशी र तृतीय स्थान कक्षा-७ कोशीले प्राप्त गरेका थिए  । त्यसैगरी सिनियर तर्फको  को नृत्यमा प्रथम कक्षा- ८ मेची, द्वितीय कक्षा-९ कोशी र तृतीय स्थान कक्षा -१० कोशीले प्राप्त गरे भने संगीत विधामा प्रथम कक्षा- ९ मेची, द्वितीयकक्षा-८ कोशी र तृतीय स्थानकक्षा -१० मेचीले हात पार्न सफल भएका थिए।
विभिन्न कक्षाका विजयी विद्यार्थीहरुलाई मेडल, ट्रफीद्वारा सम्मान गरिएको चौथो त्रि-ज्योति साँस्कृतिक कार्यक्रम २०८१ को सभापति निर्देशक ताराप्रसाद सुवेदी, सञ्चालक सदस्य विष्णुहरि न्यौपाने र विद्यालयका प्राचार्य गणेशकुमार मिश्रको संयुक्त उपस्थितिमा पुरस्कृत बालबालिकाहरुलाई पुरस्कार प्रदान गरिएको थियो ।
चौथो त्रि-ज्योति साँस्कृतिक कार्यक्रम २०८१ को नृत्य विधाको मूल्याङ्कन कर्ताको रुपमाअर्जुन विसी र संगीत विधाको मूल्याङ्कनकर्ताको रुपमा संजीव पुडासैनीले गरेका थिए ।
दुई सत्रमा आयोजित उक्त साँस्कृतिक कार्यक्रममा सभापतिको तर्टफबाट  धन्यवाद मन्तव्य राख्ने क्रममा विद्यालयका प्रबन्ध निर्देशक ताराप्रसाद सुवेदीले प्रतिस्पर्धामा सहभागी सबै विद्यार्थीहरुले प्रथम स्थानप्राप्त गरे सरह नै भएको धारण राखेका  थिए  ।

त्रि-ज्योतिमा.वि. का स्कुल कोअर्डिनेटर प्रवीनश्रेष्ठ, संगीत प्रशिक्षक पवन अधिकारी, गोपाल पहाडी, नृत्य प्रशिक्षक किसन भूषाल लगायतका क्षेत्रगत र विधागत जिम्मेवारी लिएकाहरुको सक्रिय सहभागिताबाट सम्पन्न उक्त कार्यक्रमको सञ्चालन आकृति घिसिङ, सृष्टि सुनुवार र अन्जु लामाले गरेका थिए ।

(अग्रता नेपाल त्रिज्योति माविमा अध्यनरत कपन अनलाइनकी प्रशिक्षार्थी पत्रकार हुन् )

तपाइँको प्रतिक्रिया ।