काठमाडौं महानगरपालिका वडा नं ७ मा अन्तरविद्यालय फुटबलको तयारी पूरा

काठमाडौं महानगरपालिका वडा नं  ७ मा अन्तरविद्यालय फुटबलको तयारी पूरा

कपन अनलाइन
काठमाडौं, जेठ २८।
काठमाडौं महानगरपालिका वडा ७ को आयोजनामा दोश्रो वडा अध्यक्ष कप अन्तरविद्यालय फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । प्रतियोगिता सोमबारदेखि चन्द्रविनायक पार्क, चावहिल मैदानमा सुरु हुँदैछ । प्रतियोगितामा १६ छात्र टिमको सहभागिता रहने प्रतियोगिता संयोजक अजब श्रेष्ठले जनाएका छन् । सहभागी टिमहरुमा जगत मन्दिर, पुष्पलाल, लुम्बिनी, विद्या सदन, औम स्कुल, विनायक ‘ए’ र ‘बी’, पशुपति ‘ए’ र ‘बी’, भीएस स्कुल, मनास्लु, एनआईसी, स्काइलार्क, एसइइ ग्रुप, हिलारी, र क्लिन्टन रहेका छन् ।
विजेताले २० हजार र उपविजेताले १० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर र स्ट्राइकरलाई ट्रफी प्रदान गरिने छ । चावहिल स्पोर्ट्स क्लबको प्राविधिक सहयोगमा हुने प्रतियोगिताको फाइनल जेठ ३२ गते हुनेछ ।

तपाइँको प्रतिक्रिया ।