ग्रिनल्यान्ड र भ्याली पब्लिकलाई हेराल्ड बास्केटबल उपाधि

ग्रिनल्यान्ड र भ्याली पब्लिकलाई हेराल्ड बास्केटबल उपाधि

कपन अनलाइन
काठमाडौं, जेठ २८।
ग्रिनल्यान्ड र भ्याली पब्लिकले चौथो हेराल्ड एसइइ कप थ्री अन थ्री बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन् । ग्रिनल्यान्ड ब्वाइज तथा भ्याली पब्लिक गल्र्समा च्याम्पियन भए ।
धापासीस्थित आयोजक हेराल्ड इन्टरनेसनल कलेजको कोर्टमा भएको ब्वाइजको फाइनलमा ग्रिनल्यान्डले ड्रिम अनलाई १९–१८ ले पराजित ग¥यो ।
गल्र्सको उपाधि भिडन्तमा भ्याली पब्लिकले फेरिल्यान्डलाई १५–८ ले हरायो । दुवै समूहका विजेताले १५ हजार तथा उपविजेताले १० हजार नगद पुरस्कार प्राप्त गरे ।
ब्वाइजमा ग्रिनल्यान्डका प्रवीण गुरुङ तथा गल्र्समा भ्याली पब्लिककी अनिता गुरुङ ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।
विजेतालाई हेराल्डका प्रमुख कार्यकारी अधिकृत कपिल ज्ञवाली, सिफ्ट तथा इसीए इन्चार्ज मदनप्रसाद फुयाल, सिफ्ट इन्चार्ज राजेशराज अर्याल र एकेडेमिक को–ओर्डिनेटर दीपेन्द्र पुडासैनीले एक कार्यक्रमबीच पुरस्कृत   गरे ।
नगद पुरस्कारसहित सहभागी सबै खेलाडीलाई हेराल्डमा प्लस टु अध्ययन गर्न छात्रवृत्तिको पनि व्यवस्था गरिएको छ । विजेता टोलीका खेलाडीले ७० प्रतिशत, उपविजेताले ६५ प्रतिशत र सहभागी खेलाडीले ५० प्रतिशत छात्रवृत्ति पाउने छन् । दुईदिने प्रतियोगिताको ब्वाइजमा ६५ तथा गल्र्समा ३२ गरी ९७ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।