गजल : दिपक पनेरु

गजल : दिपक पनेरु

कपन अनलाइन
काठमाडौं, जेठ १९।

तिमी बिनाको हरेक सान अधुरो
पिउँछु आँसु आँखाको मान अधुरो

आफ्नो व्यथा भन्दिनौ न मै सुनाउँछु
तिमी बिना ओठको मुस्कान अधुरो

जीवन तिम्रै हो अँगाल न अँगाल
तिमी बिना यो मदिरापान अधुरो

प्रार्थना गर्छु तिमीलाई पाऊँ सँधै
मैले गरेको त्यो पुण्यदान अधुरो

कमी मायाको हो कि धनको कमी भो
तिम्रोसाथ नमिल्दा यो ज्यान अधुरो ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।