आ–आफ्नो मोह : जगदिश राय कुलरियाँ पंजाव, भारत (लघुकथा )

आ–आफ्नो मोह : जगदिश राय कुलरियाँ पंजाव, भारत (लघुकथा )

कपन अनलाइन

काठमाडौं, जेठ १२।

बुढी आमा मज्जाले जमेर बसेकी थिईन । उनी गाऊँ छोडेर शहर जान तयार थिइनन् । छोरा सबै जना यतै बस आसपास, सबै छिमेकी आफ्नै छन् । दुःख सुखको साथी मलाई थाहा छ । शहरमा त सिधा कुरा कसैले गर्दैनन् कसैसँग । म बुढीलाई त्यस्तो माहोलमा बाँच्न मुस्किल पर्छ, किन बुढेसकालमा रुवाउँछौं । मेरो सारा उमेर त यही वित्यो अब शमसानमा लाने बेलामा मेरो आमाले गुहार मागेकी थिइन । “आमा मैले त शहर जाने पक्का निर्णय गरेंँ नि शहर गएरै बस्ने ।” यति धेरै पैसा खर्च गरेर शौकले कोठा तयार गरेको छ । जब हामी तिम्रो साथ छौ त तिमीलाई के को चिन्ता छ । ल अब नरोक फेरि तिम्रो नातिनी–नातिको भविश्य पनि हेर्नु छ नि । छोराले थोरै नरम भएर कुरा ग¥यो । “हेर छोरा मलाई त विल्कुल जाने मन छैन । तिमीहरु सबै आ–आफ्नो काम धन्दामा जान्छौं, बुहारी स्कुल पढाउन, भन म एक्लै भित्तामा टाउको ठोकेर बस्ने ? यति ठूलो घरमा त्यसै पनि डर लाग्छ । बोल्दा बोल्दै आमाको आवाज भारी भैसकेको थियो । “आमा अब सानोको भर्ना पनि सँगैको स्कुलमा गरी सकेको छ । मैले त केही बुझ्न सकिरहेको छैन । तपाईले जिद्दी किन गर्दै हुनुहुन्छ”

उसको बुहारी भदैनी÷जाउ भाई खुशी भएर जाउ । मैले के चाही रोकेको छु र तिमीलाई अहिले त यस बुढो हड्डीमा ज्यान बाँकी छ, आफ्नो लागि दुईवटा रोटी म आफै पकाउनेछु, मत यहिनै बस्छु” अब आमाले दृढ भएर भनिन् । “तिम्रो मर्जी” भन्दै दुवै जना कोठा भित्र पसे । “मैले तपाईलाई पहिल्यै भनेको थिए नि । आमा जानु हुन्न भनेर, हामीसँग जति जोड गरे पनि “मलाई पनि थाहा थियो भगवान” हामीले पनि कुन चाहि साथ लिएर जानेवाला थियौं र केही न केही त भन्न्ने पर्यो  नि । शहर लगेर खर्च बढाउनु थियो र….।” यति भनेर लोग्नेले स्वास्नी तिर हे¥यो । दुवैको अनुहारमा अलिकता मुस्कान फैलियो ।
अनुवादः मञ्जुश्री प्रधान के.सी. ‘रानु’
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।