गजल : बन्दना पौडेल

गजल : बन्दना पौडेल

कपन अनलाइन

काठमाण्डौ , जेष्ठ ५ ।

मान्छेभित्र मानवता हराएको देखेँ
कुरै बुझ्न नपाउदै कराएको देखेँ ।।

आपूmसँग कुनै बल क्षमता नहुँदानी
जोडतोडले उफ्रि यहाँ कराएको देखेँ ।।

समाजमा कतै राम्रो व्यक्ति रहेमा
उसको खुट्टा तानी तानी झराएको देखेँ ।।

विकासको वहानामा जनताको भोट लिएर
भेडासरी जनतालाई चराएको देखेँ ।।

राम्रो व्यक्ति छनौट गर्न यसपालि नि नसकेर
भ्रष्ट व्यक्ति नै जनताले मन पराएको देखेँ ।।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

 

तपाइँको प्रतिक्रिया ।