नेकपा एमाले बुढानिलकण्ठमा अध्यक्ष पदको दावीबाट पछि नहट्ने अडानमा धुर्व भट्टराई
कपन अनलाइन
काठमाण्डौ,चैत १६।
नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटीको अध्यक्ष पदमा दावी गर्दै प्रचार र परामर्श लाई आगाडी बढाएका धुर्व भट्टराईले कुनै पनि हालतमा पछाडी नहट्ने अडान दोहोराएका छन।
पचासको दशकमा नेकपा एमाले काठमाण्डौ महानगरपालिका वडा नं ७ को सह सचिव रहेर निर्वाचन परिचालनमा सक्रिय रहेका भट्टराई विविध कारण देखाउदै पछाडी पारिएका नेता मध्येमा पर्ने एक क्षेत्रीय सदस्यले बताएका छन।
नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ४ को क्षेत्रीय सदस्यमा निर्वाचित भएर वडा इन्चार्जको जिम्मेवारी बहन गरिसकेका भट्टराई बुढानिलकण्ठ नगर कमिटीको सदस्य तथा वडा नं १० को इन्चार्ज समेत रहिसकेका छन ।
हाल सम्म नेकपा एमालेमा देखिएको विभाजन र विवादमा सधै पार्टी संस्थापनको पक्षमा उभीएको इतिहासको कदर यस पटक हुने विस्वास रहेको बताएका छन।
तपाइँको प्रतिक्रिया ।