गजल : लीलाराज दाहाल
कपन अनलाइन
काठमाडौं, फागुन २६।
तिम्रो मेरो वार्तालापले केही हुन सक्छ
कि त उसकै औँठाछापले केही हुन सक्छ ।
समय मिलेको छ, सावधान हुनलाई
चोरहरुको हानाथापले केही हुन सक्छ ।
मुस्कानको छ रक्तचाप नसा नसाभित्र
खुसी भन्दा सन्तापले केही हुन सक्छ ।
लिएको छ आफ्नाले कस्को चिन्ता यहाँ
पराइ कै फलिफापले केही हुन सक्छ !
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।